१२ कार्तिक २०८३, बिहिबार

पशुपतिशमशेर राणा स्थानीय विकास मन्त्रालयका जागिरे !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pasupati-and-prakash-660x330काठमाडौं, २७ कात्तिक । पशुपतिशमशेर राणा र डा प्रकाशचन्द्र लोहनी समकालीन नेता हुन् । राणा राप्रपा अध्यक्ष हुन् भने लोहनी सोही पार्टीका वरिष्ठ नेता । तर, यी दुई नेताबीच पञ्चायकालदेखि नै प्रतिस्पर्धात्मक सम्बन्ध छ ।

पञ्चायतकालमा बौद्धिक नेताको छवि बनाएका दुवैलाई दुई शक्तिकेन्द्रको नजिक देखाएर कहिले दरबार त कहिले सूर्यबहादुर थापाले आपसमा जुधाएर फाइदा लिएका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

राणा र लोहनी पञ्चायतकाल र बहुदल दुवै व्यवस्थामा सँगसँगै मन्त्री बन्ने नेतासमेत हुन् । एउटा मन्त्री भए अर्को पनि मन्त्री बन्नैपर्थ्यो ।

नेपाली राजनीतिमा राणालाई भारतनजिक र लोहनीलाई अमेरिकानजिकका नेताको रूपमा व्याख्या गरिन्छ । राजनीतिको सुरुवातदेखि प्रतिस्पर्धात्मक सम्बन्ध भए पनि नेतृत्वमा भने राणाले बाजी मारेका छन् । राणा र लोहनीको व्यक्तित्वको टकरावकै कारण राप्रपा विभाजन भएको थियो ।

२०२४ सालतिर पशुपतिशमशेरले स्थानीय विकास मन्त्रालयमा केही समय करारमा जागिर खाए । करार नथपिएपछि उनी स्थानीय विकास मन्त्रालयबाट बाहिरिनुपरेको राणासँगै काम गरेका पूर्वसचिव विहारीकृष्ण श्रेष्ठले स्मरण गरे ।

उनका अनुसार स्थानीय विकास मन्त्रालयको जागिर खोसिएपछि पशुपतिशमशेरले सेडामा डाइरेक्टर बन्ने मौका पाएका हुन् । फोर्ड फाउन्डेसनको सहयोगमा सेडा स्थापना भएको थियो । डा लोहनीको प्राज्ञिक अभ्यास पनि सेडाबाटै सुुरु भएको हो ।

त्यसैले पशुपति र प्रकाशचन्द्रको सम्बन्ध सेडाबाटै सुरु भएको मानिन्छ, २०२८ सालपछि । उनीहरूका समकालीनहरूको भनाइमा पशुपति र प्रकाशचन्द्र सेडामा हुँदादेखि नै सम्बन्ध सौहार्द भने भएन । पछि दुवै राजनीतिमा त आए, तर आजपर्यन्त व्यक्तित्व टकरावको राजनीतिमा छन् ।