१२ कार्तिक २०८३, बिहिबार

सरकार टिकिरहनु समयको बर्बादी : एमाले

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yogesh-bhattaraiकाठमाडौं, २७ कात्तिक । योगेश भट्टराई, सचिव, एमाले

प्रचण्ड नेतृत्वको सरकारका सय दिन नेपाली उखान ‘कुरा गर्‍यो कुरैको दुःख’ भनेजस्तै भएको छ । समग्रमा प्रधानमन्त्री प्रचण्ड कुहिरोमा हराएको गन्तव्यहीन र दिशाहीन ‘क्याप्टेन’जस्तै देखिनुभएको छ ।

यस्तो दिशाहीन सरकार जति दिन टिक्यो, त्यति नै मुलुकका लागि भार र समयको बर्बादी मात्रै हुनेछ । यसबीचमा उहाँ मधेसवादी दललाई अलमल्याउन मात्र सफल हुनुभएको छ ।

एमाले नेतृत्वको सरकारका पालामा सन्तुलित बनेको विदेश नीतिलाई उहाँले दक्षिणतिर ढल्काउनुभएको छ । एक चीन नीतिको पक्षमा रहेको नेपाललाई चीनले शंकाको दृष्टिले हेर्ने स्थिति आएको छ ।

यसले विदेश नीतिलाई यो सरकारले कुन तहमा पु¥याएको छ भन्ने स्वतः पुष्टि हुन्छ । सुशासनमा सरकारको उपस्थिति शून्यजस्तै छ ।

भूकम्पपीडितलाई भूलभुलैयामा पारिएको छ । सबैले पहिलो किस्ताकै राहत पाउन सकेका छैनन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।