१९ कार्तिक २०८३, बिहिबार

साइप्रस पठाउने भनी रकम ठगी गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau3काठमाडौं, २६ कात्तिक । साइप्रस रोजगारीमा पठाउने भनी ठगी गर्ने अमर सुमीत्रा कन्सल्टेन्सी गंगवुका संचालक म्याग्दी भकिल्मी–२ का ४० वर्षीय अमर बहादुर बिकलाई बुधबार बनस्थलीबाट महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ ।

बिकले ओखलढुङ्गाका उत्तम कुमार श्रेष्ठ, धादिङका कृष्ण ढकाल, रुकुमका चन्द्रे भुपाल पुन, बल बहादुर वली र उपेन्द्र के.सी.लाई कन्सल्टेन्सीबाट साइप्रसमा पठाउने ४ लाख ४५ हजार रुपैयाँ लिई विदेश नपठाई सम्पर्क विहीन भएका थिए । बि.क.पक्राउ गरे पश्चात राजेशराज मैनाली, पिताम्बर श्रेष्ठ, खयन्द्र श्रेष्ठ, संजय श्रेष्ठ, सन्दीप थापा, नवराज श्रेष्ठ र मोहन बहादुर श्रेष्ठसँग समेत साइप्रस पठाउने भनी ७ लाख रुपैयाँ लिएको बुझिएको छ ।

बिकलाई ठगी मुद्धामा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।