१९ कार्तिक २०८३, बिहिबार

संविधान संशोधनमा भारतीय दबाब आएपछि संसदमा चित्रबहादुर केसी आक्रामक

17.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitra-bhadur-kcकाठमाडौं, २६ कात्तिक । संविधान संशोधनमा विदेशीले अनावश्यक दबाब दिएको भन्दै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी व्यवस्थापिका संसदको आजको बैठकमा आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

राजकीय भ्रमणमा आएर छिमेकी राष्ट्रप्रमुखले संविधानमा यसो गर उसो गर भन्ने ? भन्दै कड्किएका केसीले भारततर्फ संकेत गर्दै भने– १९ वर्षसम्म स्थानीय निकायको निर्वाचन गराउन नसकेपनि प्रजातान्त्रिक, लोकतान्त्रिक भन्छौं । पुरसंरचना गर्न १२ बजेको छ । संविधान संशोधनका लागि विदेशी हस्तक्षेप आएको आयै छ । किन कोही बोल्दैन् ।’

स्थानीय निकायको निर्वाचन लामो समयसम्म नगराउने, स्थानीय निकायको पुनःसरचना पनि गर्न नसक्ने, संविधान संशोधनको लागि बाहिरबाट खुल्ला हस्तक्षेप हुँदा पनि ठूला राजनीतिक दल र सरकार मौन बसेको आरोप लगाउँदै उनले त्यसको विरोध गरे ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=Y6YRffz_wTg