काठमाडौं, २६ कात्तिक । व्यवस्थापिका संसदको आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको गोवामा तिब्बती नेतालाई भेटेको विषय प्रवेश गरेको छ ।
नेकपा एमालेका सांसद एवं विदेश मामिलाका जानकार डा राजन भट्टराईले काँग्रेसका सभापति देउवाको भारतको गोवामा भएको सहभागिताले नेपालको कुटनीतिक मर्यादाप्रति नै प्रश्न उठेको भन्दै सरकारको जवाफ मागे ।
उनले भनेका छन्- ‘सत्ता साझेदार प्रमुख दलका सभापतिको गोवामा भएको सहभागिता नेपालको परराष्ट्र नीतिको आधारभुत पक्षमाथिकै असर पुर्याउने खालको छ । यस विषयमा सरकारको धारणा के रहेको छ । प्रमुख राजनीतिक दलको सभापतिले त्यो कार्यक्रममा भाग लिन हुन्थ्यो वा हुँदैन्थ्यो र त्यसले उत्पन्न गरेको हाम्रो जून आधारभुत मान्यता हो त्यसमाथि नै प्रश्न उठाएको छ । म सरकारको धारणा जानकारी लिन चाहन्छु । सरकारको धारणा प्रष्ट हुनुपर्यो ।’
कुनै पनि छिमेकीको विरोधमा असर पार्ने गतिविधि नगर्ने मान्यता नेपालको रहेको भन्दै देउवाले यो उल्लंघन गरेको उनले उल्लेख गरे । यसबाट दिर्घकालिन असर राष्ट्रिय राजनीति र परराष्ट्र नीतिमा पर्ने औल्याए ।
बुधबार पाँच दिने भ्रमण सकेर फर्किएका देउवाले भारतको गोवामा तिब्बती पृथकतावादी नेता एवं प्रधानमन्त्री प्रधानमन्त्री लोब्साङ साङ्गे र तिब्बती धर्मगुरु दलाई लामा उपस्थित कार्यक्रममा सहभागी भएर सम्बोधन गरेका थिए । जून नेपालले अपनाएको एक चीन नीति विरुद्ध थियो ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=RU-eUVRPI8o













प्रतिक्रिया