३ कार्तिक २०८३, मंगलबार

डडेल्धुरामा सुन्तला उत्पादनमा कमी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Orange

डडेल्धुरा, २६ कात्तिक । जिल्लामा सुन्तला उत्पादनमा कमी आएको छ ।

बर्सेनि कृषकले सुन्तलाका बिरुवा लगाउँदै आएका भए पनि रोगका कारण बोट सुक्दै जाने, भएका बोटमा पनि सानो दाना फल्ने र दाना नपाक्दै झरेर जाँदा उत्पादनमा कमी आएको हो ।

जिल्लाका बगरकोट, अमरगढी नगरपालिका, गाङ्खेत, रुपाल, भागेश्वर, बेलापुर, मणिलेकलगायत गाविसमा सुन्तला अत्यधिक उत्पादन हुन्छ । गत वर्ष जिल्लामा ४३० हेक्टर क्षेत्रफलमा चार हजार ५६१ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

वर्षौँदेखि सुन्तला बिक्री गरेर जीविकोपार्जन गर्दैै आएका यहाँका किसान उत्पादनमा कमी आएसँगै आम्दानी घट्दा चिन्तित बनेका छन् । विगतामा सुन्तला बिक्री गरेर बर्सेनि रु एक लाखदेखि रु दुई लाखसम्म आम्दानी गर्ने गरेका यहाँका किसान अहिले मुस्किलले रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी गर्ने गरेको बेलापुरका नरबहादर विष्ट बताउनुहुन्छ ।

जिल्लामा करिब ३० प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको कृषि प्रसार अधिकृत शालिकराम पौडेलले बताउनुभयो । केही वर्षदेखि सुन्तलाको बोट ‘सिट्रस ग्रेनिङ’ रोगका कारण सुक्दै गएका उहाँको भनाइ छ । अहिले बजारमा सुन्तलाको मूल्य प्रतिकिलो रु ८० देखि रु १०० रहेको छ । रासस