रोल्पा, २६ कात्तिक । रोल्पाको घर्तीगाउँ ९ बल्लेमा जुगारदेखि ओत घोर्नेटी कच्ची सडक खन्ने क्रममा ढुंगाले किचेर डोजर सहचालकको बिहीबार मृत्यु भएको छ । राँक ९ रोल्पाका ३० वर्षीय सहचालक गणेश थापाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बिहीबार बिहान करिव सात बजे बा. १ क. ८०११ नम्बरको जेसिभीका सहचालक थापाले मेसिनमा ग्रीस भर्दै गर्दा सडकको माथिल्लो भागबाट पहिरो संगै ढुंगा खसेर मृत्यु भएको जानकारी दिए ।
पहिरोसँगै खसेको ढुंगाले टाउकोमा लागेर थापाको घटनास्थल मै मृत्यु भएको हो । प्रहरीको एक टोली घटना स्थल पुगेको छ ।
बाँके स्थायी घर भएका चालक वासुदेव चौधरी भने सकुशल रहेको प्रहरी भनाई छ ।













प्रतिक्रिया