१२ कार्तिक २०८३, बिहिबार

आयल निगमको पैसामा यी हुन् चीन घुम्ने सांसदहरू

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chinaकाठमाडौं, २६ कात्तिक । नेपाल आयल निगमको खर्चमा सांसदको टोली चीन भ्रमणमा निस्किएको छ ।

उपभोक्तसँग लिएको रकमबाट करिब २५ लाख रुपैयाँ निमलाई भार पर्ने गरी उक्त टोली चीनको बेइजिङलगात सहर घुम्ने छ । नागरिक दैनिकले समाचार छापेको छ ।

चीनबाट पेट्रोलियम पदार्थ आयत गर्ने सम्भावना, चीनको उपभोक्त ऐन, बजारलगायत विषयमा अध्ययन गर्ने बहानामा ६ सांसादसहित १० जनाको टोली चीन गएका हुन् ।

पेट्रोलियम पदार्थको अध्ययन गर्ने भनिएपनि उक्त टोलीमा एकजना पनि प्राविधिक छैनन् ।

चीनको आमनत्रणमा जानु स्वभाविक भए पनि निगमलाई व्यभार पर्ने गरी गएकाले सांसदहरुको आलोचना भएको छ ।

सरकारकाले भारतको विकल्पमा चीनबाट इन्धनल्याउन सकिने निर्णय एक वर्षअघि नै गरिसकेको छ । भ्रमण टोलीमा सांसद भीष्मराज आङदोक्बे, सुवासचन्द्र ठकुरी, भेषकुमारी रावल, रमेशकुमार लामा, डिकबहादुर लिम्बु लगात रहेको बताइएको छ ।