काठमाडौं, २६ कात्तिक । भारत सरकारले आफ्नो देशमा चलनचल्तीमा रहेका ५ सय र १ हजारका नोट प्रयोग बन्द गरेपछि नेपाली बिरामी समस्यामा परेका छन् ।
भारतका अस्पतालहरुले कात्तिक २३ गतेबाट उक्त नोट लिन नमानेपछि भारतमा उपचार गर्न आएका बिरामीहरु समस्यामा परेका हुन् । कारोबार दैनिकले समाचार छापेको छ ।
भारतीय मुद्रा नचलेपछि उपचारका लागि भारतको पिथौरागढ, लुवाघाट, हल्द्वानीलगातयका ठाउँमा गएका नेपाली बिरामीहरुको बिचल्ली भएको भारतको पिथौरागढमा रहेका डाक्टररेणु जगादिश अस्पतालका डाक्टर तारा जोशीले बताए ।
थोरै खर्चमा उपचार गर्नुपर्ने र जटिल अपरेसन गर्नुपर्ने केही बिरामीको आफूहरुले उधारोमा पनि उपचार गराइरहेको उनले बताए ।















प्रतिक्रिया