१९ कार्तिक २०८३, बिहिबार

समृद्ध नेपाल निर्माणमा बिदेशी अबरोधको युवा संघले डटेर सामाना गर्नेः पहारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajib-pahari

पोखरा, २५ कात्तिक । युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले समृद्ध नेपाल निर्माणको अभियानमा स्वदेशी तथा बिदेशी तत्वहरूले अबरोध सृजना गरेकाले सबै खाले अबरोधको युवा संघले डटेर सामाना गर्ने बताउनुभएको छ ।

युवा संघ नेपाल वडा कमिटी पोखरा ६ को अधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष पहारीले अबको समय भनेको राष्ट्रियताको रक्षा गर्दै विकसित नेपाल निर्माण गर्नु रहेको भन्दै पहारीले सबै युवाहरूलाई युवा संघमा गोलबद्ध हुन आग्रह गर्नुभयो ।

विश्वमा चर्चित परिवर्तनहरू युवाहरूको नेतृत्वमा सम्भव भएको औल्याउदै पहारीले सबै युवाहरूलाई राष्ट्र र राष्ट्रियताका खातिर रचनात्मक र सृजनात्मक काममा लाग्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

rajib-pahari-1

लोकमानसिंह कार्कीको प्रसंग कोट्याउदै पहारीले कसैले लोकमानलाई काँधमा बोकेर हिडेमा उ पनि कार्कीसंगै सति जानुपर्ने बताउनुभयो ।

उक्त अधिबेशनले सलि देवानको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कमिटी गठन गरेको छ ।

उपाध्यक्ष, सचिब, सह–सचिब र कोषाध्यक्ष मा क्रमशः सुन्दर पहारी, जीवन नेपाली, माधब गिरी र आकाश नेपाली रहनु भएको छ । उक्त कार्यक्रममा ‘गोल्ड स्टार फर क्वालिटी’ शीर्षकमा ‘बिड क्वालिटी अवार्ड २०१६’ को उपाधि जितेकोमा पोखराका पर्यटन ब्यबसायी माउन्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईलाई सम्मान गरिएको थियो ।