१९ कार्तिक २०८३, बिहिबार

विद्युत् महसुल नबुझाउने ४१६ ग्राहकको लाइन काटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb-light-nepalलहान, २५ कात्तिक । समयमा विद्युत्को महसुल नबुझाउने सिरहाका ४१६ जनाको विद्युत् लाइन काटिएको छ ।

लामो समयदेखि विद्युत् महसुल नबुझाएको भन्दै विद्युत् प्राधिकरण वितरण केन्द्रले ३६० जना र सिरहा वितरण केन्द्रले ५६ जना ग्राहकको विद्युत् लाइन काटेको हो ।

विद्युत्को बक्यौता रकम समयमा नबुझाउने र समयमै विद्युत् महसुल बुझाउन पटकपटक आग्रह गर्दा समेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काटेको प्राधिकरण वितरण केन्द्रका प्रमुख माधवप्रसाद यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत भदौको पहिलो सातादेखि विद्युत् लाइन काट्न थालेको र हालसम्ममा विद्युत् लाइन काटिएका ३६० ग्राहकमध्ये २२२ जनाबाट रु ८४ लाख ८१ हजार ७०० रकम सङ्कलन भएको छ । रासस