१ कार्तिक २०८३, शनिबार

आकस्मिक कोषका लागि पोर्चुगलमा सांस्कृतिक कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nrna-portugal– भरत प्रधान

लिस्बन (पोर्चुगल) । प्रवासमा आपत्विपद्मा परेका नेपालीको राहतका लागि आकस्मिक कोष सहयोगार्थ पोर्चुगलमा बृहत् परोपकारी सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

चर्चित गायिका नलिना चित्रकार र गायक सञ्जीव प्रधानको विशेष प्रस्तुतिमा पहिलोपटक पोर्चुगलको लिस्बनमा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको हो । पोर्चुगलमा विभिन्न समस्यामा परेका नेपालीको तत्काल राहत र उद्धारका निम्ती गैरअवासीय नेपाली सङ्घ पोर्चुगलको आयोजनामा यही १२ नोभेम्बर शनिबारका दिन राजधानी लिस्बनमा कार्यक्रम हुन लागेको हो ।

उक्त कार्यक्रमका लागि गायिका चित्रकार र गायक प्रधान बुधबार नै पोर्चुगल आउनुभएको छ । पोर्चुगलमा आप्रवासी नेपालीको बढ्दो सङ्ख्यासँगै आकस्मिक आई पर्ने आपत्विपद्लाई ध्यानमा राखी तत्काल राहत र उद्धार होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सङ्घका अध्यक्ष भीम केसीले जानकारी दिनुभयो । आकस्मिक कोषको रकम न्यूनतम १० हजार युरो पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

आकस्मिक कोष सहयोगार्थ आयोजित कार्यक्रममा सहभागी हुन पोर्चुगलमा क्रियाशील सबै सङ्घसंस्था, समाजसेबी, व्यवसायी तथा सम्पूर्ण नेपाली समुदायलाई सङ्घले विशेष आग्रह गरेको छ । कार्यक्रम आन्जुसस्थित कल्चर हाउसमा दिनको ३ बजेदेखि सुरु हुने बताइएको छ ।