१९ कार्तिक २०८३, बिहिबार

बाबुराम भट्टराई आज बेलायत जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam

काठमाडौं, २५ कात्तिक । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई आज बेलायत जाँदै हुनुहुन्छ । अन्तर्राष्ट्रिय नेपाली समाज, बेलायतको निमन्त्रणामा संयोजक भट्टराई बेलायत जान लाग्नुभएको हो ।

बेलायतमा रहँदा उहाँले नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्नुका साथै बेलायतको संसद् हाउस अफ कमन, लण्डन स्कुल अफ इकोनोमिक्स र अक्सफोर्ड विश्वविद्यालयमा भेटघाट र नेपालको आर्थिक विकास लगायतका बारेमा व्याख्यान दिनुहुनेछ ।

नोभेम्बर १२ र १३ मा बेलायतमा रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्नुहुनेछ । नोभेम्बर १४ मा उहाँले ‘हाउस अफ कमन’मा सांसदहरुसँग भेटघाट र र लण्डन स्कुल अफ इकोनोमिक्समा व्याख्यान दिनुहुनेछ । नोभेम्बर १५ मा अक्सफोर्ड विश्वविद्यालयका उप–कुलपतिसँग शिष्टाचार भेट र विश्वविद्यालयमा ‘समावेशी लोकतन्त्र, दीगो विकास र सामाजिक न्यायः नेपालमा आर्थिक विकासको निम्ति नयाँ दृष्टिकोण’ विषयमा व्याख्यान दिनुहुनेछ ।

भ्रमणमा उहाँसँगै नयाँ शक्ति पार्टी, नेपालका विदेश विभाग प्रमुख नवराज सुवेदी र कृषि विभाग प्रमुख मदन राई हुनुहुन्छ ।

यसका साथै पोर्चुगलमा पनि नेपाली समुदायसँग भेटघाट र नयाँ शक्ति पार्टी, नेपालको आन्तरिक कार्यक्रम हुनेछ । संयोजक भट्टराई नोभेम्बर १७ मा नेपाल फर्कनुहुनेछ ।