१९ कार्तिक २०८३, बिहिबार

एमाले सचिव विष्टद्धारा रामग्राम स्तुपको अवलोकन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gokrna-bista

– मोहन पौडेल

परासी, २५ कात्तिक । पूर्व उर्जामन्त्री एवं नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले नवलपरासीको रामग्राम नगरपालिका– ७ स्थित रामग्राम स्तुपको अवलोकन गर्नुभएको छ ।

भगवान गौतम बुद्धको सिङगो अस्थु धातु रहेको स्तुपको आज बिहान उहाँले अवलोकन गर्नुभएको हो । पुर्व मन्त्री विष्टले रामग्रामको महत्व र यसको विकासका लागि भइरहेका प्रयासको समेत जानकारी लिनुभएको छ ।

रामग्राम स्तुप गौतम बुद्ध सँग जोडिएको प्राचिन, ऐतिहाँसीक एँव अन्यन्त महत्व बोकेको क्षेत्र भएर पनि पर्याप्त विकास हुन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो ।

अवलोकनको क्रममा रामग्राम स्तुपको स्थानीय स्तरबाट संरक्षण गर्दै आएको रामग्राम दिगो पर्यटन प्रवद्र्धन विकास सस्थाका अध्यक्ष शम्भु उपाध्यायले पुर्व मन्त्री विष्टलाई रामग्रामको विकासका लागि पहल गरिदिन भन्दै ज्ञापन पत्र समेत बुझाउनुभएको छ ।

रामग्राम स्तुप, लुम्बिनि विकास कोष अन्तरगत रहेपनि कोषले रामग्रामको विकासमा ध्यान नदिएको भन्दै उपाध्यायले छु्ट्टै रामग्राम विकास कोष गठनको माग गर्दै पहलका लागि पुर्व मन्त्री विष्टको ध्यानाकर्षण गराउनुभएको छ ।

यस अघि बुधबार मात्रै पुर्व प्रधानमन्त्री एवँ एमाले वरिष्ठ नेता झलनाथ खनालले पनि रामग्राम स्तुपको अवलोकन गर्नुभएको थियो ।