काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अपराह्न चार बजे वार्ता हुने भएको छ ।
पूर्व प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार दुई नेताबीच अपराह्न चार बजे सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा वार्ता हुन लागेको हो ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने एजेण्डाबाट नजिक भएका प्रचण्ड र ओलीबीच दोस्रोपटक भेटवार्ता हुन लागेको छ । भेटमा महाअभियोग प्रस्ताव, संविधान संशोधन तथा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ ।













प्रतिक्रिया