१९ कार्तिक २०८३, बिहिबार

संसदको स्वास्थय उपसमितिले सुनकुमारीलाई भेट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkumari-update-kartik-24-1– नरेश के.सी.

भैरहवा, २५ कात्तिक । रोल्पा थबांग झकिबांगकी ४८ वर्षीय सुनकुमारी नेपालीको स्वास्थ्य अवस्था बुझी उपचारमा कुनै कसुर बाँकी नराख्न संसदको स्वास्थ्य उपसमितिले युसीएमएस भैरहवालाई निर्देशन दिएको छ ।

आर्थिक अभावका कारण अस्पतालको शैय्यामा मृत्युसगँ जुधिरहेकी नेपालीको समस्या बारेमा मिडियाबाट थाहा पाएपछि संसदीय उपसमितिले बुधबार युसीएमएसमै पुगी भेटेको थियो । आइसीयु वार्डको बेड नम्बर ८ मा कोमामा सुनकुमारीको उपचार भइरहेको छ ।

टोलीले सुनकुमारीको कुरुवा बसेकी १३ वर्षीय बालिका विनिता नेपालीलाई समेत भेटी नआत्तिन आग्रह गर्दै उनको उपचारको लागि पहल गर्ने आश्वसन पनि दिइएको छ ।