१२ कार्तिक २०८३, बिहिबार

देउवालाई किन फसाए निधि र आरजुले ?

14.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sherbahadur-deubaकाठमाडौं, २५ कात्तिक । गृहमन्त्री विमलेन्द्र निधि र आरजु राणा देउवाले शेरबहादुर देउवालाई भारतीय पक्षसँग नजिक बनाउने नाममा दलाइ लामाका प्रतिनिधि उपस्थित कार्यक्रममा सहभागी बनाएर बदनाम गराएका छन् ।

निधि र आरजुको ग्राण्ड डिजाइनमा देउवा ठूलो संकटमा फसेको कांग्रेस संसदीय दलतिर हल्ला चल्न थालेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

भारतीय जनता पार्टीले कार्यक्रमका लागि निम्तो दिएपछि देउवाले निधि र पत्नी आरजुसँग परामर्श गरेका थिए । तर, निधि र आरजुले भारतीय सरकारलाई चिडाउन नहुने भन्दै दलाई लामाको प्रतिनिधि सहभागी कार्यक्रममा लगेर नराम्रोसँग फसाएका हुन् ।

कांग्रेस स्रोतका अनुसर देउवा समूहमा सबैभन्दा बलियो नेताका रुपमा कहलिएका निधिले भारतको इशारामा देउवालाई चीन विरोधी कित्तामा पु-याउँदा गुन तिर्न ठूलो मद्दत पुग्ने भएपछि यो जोखिम उठाएका हुन् । देउवा पनि चीन विरोधी कित्तामा पुगेको ठहर गर्दै चिनियाँ पक्षले वामपन्थीहरूलाई एक ठाउँमा आउन दबाब दिएको स्रोतको भनाइ छ ।

भारतसँग नजिकको सम्बन्ध भएकै कारण उपप्रधान र गृहमन्त्री जस्तो सम्वेदनशील र ठूलो मन्त्रालय पाएका निधिले आरजुलाई कसरी आफ्नो बसमा पु-याए भन्ने सबैले चासोका साथ हेरिरहेका छन् । हुन त आरजुलाई युरोपियन यूनियन र अमेरिकनहरूले एनजिओमार्फत पैसा लगानी गरेर आफ्नो अधीनमा पारेको आरोप छ । ‘आरजु एनजिओकर्मी हुन् । उनी कहिल्यै पनि चीनको नजिक हुन सक्दिनन् । लामो समयदेखि अमेरिकन र युरोपियन यूनियनको अर्बौं रकम लिँदै आएकी छिन् ।’–कांग्रेसका एक नेता भन्छन् ।

चीन विरोधी कित्तामा पुगेकै कारण अब देउवा प्रधामन्त्री बन्ने सम्भावना पनि निकै कम भएको ति नेताले बताए । ‘मधेसी मोर्चाको समर्थनले मात्रै देउवा प्रधानमन्त्री बन्न सक्दैनन्’, उनले भने–‘हेर्दै जानुस माओवादी केन्द्र र एमालेवीच गठबन्धन बन्छ । देउवा प्रधानमन्त्री बन्दैनन् ।’

राष्ट्र र जनताको राजनीतिभन्दा पनि भारतको चाकडी गर्दैमा निधिलाई फुर्सद छैन भन्ने कांग्रेसीहरू पनि प्रसस्त छन् । उता आरजु कसरी निधिको चंगुलमा फेसर देउवालाई चीन विरोधी बनाइन् भनेर कांग्रेसभित्र देउवा समूहभित्रको अर्को गुटले खोजविन थालेको स्रोतको भनाइ छ ।