१२ कार्तिक २०८३, बिहिबार

अख्तियारको वेभसाइटमा लोकमान अझै प्रमुख आयुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lokmansing-karkiकाठमाडौं, २५ कात्तिक । संसदमा लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट स्वतः निलम्बित भइसकेका छन् ।

महाअभियोग प्रस्ताव दर्ता भएपछि त्यसको टुंगो नलागेसम्म सम्बन्धित पदाधिकारी संविधानतः स्वतः निलम्बित हुने व्यवस्था रहेको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

संविधानको धारा १०१ को उपधारा ६ बमोजिम कार्कीले कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउँदैनन् । कार्की निलम्बित भएपछि अख्तियारमा दीप बस्नेत कार्यवहाक प्रमुख आयुक्त बनिसकेका छन् ।

तर, बस्नेत कार्यवहाक प्रमुख आयुक्त भएपनि अख्तियारको आधिकारीक वेभसाइट(अष्बब।नयख।लउ) मा भने अझै पनि लोकमानसिंह कार्कीलाई नै प्रमुख आयुक्त उल्लेख गरिएको छ ।

यस बारेमा अख्तियारका प्रवक्ताले कुनै चासो नराख्दा र कार्कीप्रति उनको भक्ति रहेको हुँदा कार्कीको नाम हटाइएको छैन ।

यद्यपी अख्तियारको कार्यालयमा रहेको साइनबोर्डबाट भने कार्कीको नाम हटाइएको छ । निलम्बित भइसकेका व्यक्तिको तस्विर वेभसाइटमा प्रमुख आयुक्तका रुपमा कायम राखी अख्तियारका पदाधिकारीहरुले कस्तो संदेश दिन खोजेका हुन् ? अख्तियारकै एक उपसचिव प्रश्न गर्छन् ।

त्यसो त आफ्नो व्यक्तिगत वेभसाइटमार्फत पनि लोकमानले तिहार र छठ पर्वको अवसरमा प्रमुख आयुक्तकै हैसियतमा रहेर शुभकामना सन्देश व्यक्त गरेका थिए ।

अहिले लोकमानविरुद्ध चौतर्फी आलोचना भइरहे पनि उनी कति पनि नहल्लिएको उनैको क्रियाकलापबाट प्रष्ट हुने ति उपसचिव बताउँछन् ।