१९ कार्तिक २०८३, बिहिबार

उपेन्द्र यादवलाई संविधानमा ‘अहिंशा’ शब्द थप्न अधिकारकर्मीको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

human-rights-team-with-upendra-yadav

काठमाडौं २४, कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मानव अधिकारकर्मीको एउटा समूहले संविधानको प्रस्तावनामा अहिंशा शब्द थप गराउँन पहिल गरिदिन आग्रह गरेको छ ।

नेपाल गौतम बुद्ध र सीताको शान्तिभूमि भएकोले संविधान संशोधनका क्रममा ‘अहिंशा’ शब्दावली थप गराउन उनीहरुले आग्रह गरेका हुन् ।

फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा बुधबार कृष्ण पहाडीको नेतृत्वमा गएको अधिकारकर्मी टोलीले संघीय गठबन्धनको संयोजक तथा सांसद्को हैसियतले यादवलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

संविधानमा ‘अहिंशा’ शब्द थप्नु पर्ने, अख्तियारका निलम्बित प्रमुख लोकमान कार्कीलाई महाअभियोग लगाएर हटाउनु पर्ने, सहमतिका आधारमा स्थानीय तहको निर्वाचन हुनु पर्ने, लागू औषध दुव्र्यवसन रोकिनु पर्ने र मानवता विरुद्धको अपराध रोक्न रोम विधान पारित हुनु पर्ने जस्ता माग सम्बोधनका लागि पहल गरिदिन उनीहरुले आग्रह गरेका हुन् ।

पहाडी नेतृत्वको टोलीले आफूहरु मोर्चा सम्मिलित गठबन्धनले माग गरे अनुसार संविधान संशोधनको पक्षमा रहेको अवगत गराउँदै नेपालमा शान्ति र स्थायित्वको लागि सबैको माग समेटेर संविधान संशोधनमा ढिलाई नगर्न सरकारसँग माग समेत गरेको छ ।

ध्यानाकषर्ण पत्र बुझाउँदै अधिकारकर्मी पहाडीले भने,– ‘हामी सार्थक संविधान संशोधनको पक्षमा छौं । तपाइँहरु आन्दोलनमै जानु परे हामी विगत जस्तो प्रहरी दमन हुन दिन्नौं । सरकारले दमन गरे हामी त्यसको विरुद्धका सशक्त भएर उभिन्छौं ।’

अधिकारकर्मीको टोलीलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधानमा ‘अहिंशा’ शब्द थप्न आफूहरुलाई कुनै आपत्ति नभएको प्रतिक्रिया दिए । ‘संविधान संशोधनका लागि सरकार थोरै पनि गम्भीर र इमान्दार छैन । तर, यसमा ढिलाई भयो वा हामीले माग गरे जस्तो संशोधन भएन भने आन्दोलनमा जानुको विकल्प रहँदैन ।’