१ कार्तिक २०८३, आइतबार

सम्बन्ध सुधारका लागि ट्रम्पसँग काम गर्न रसिया तयारः पुटिन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

putin-trump

मस्को (रसिया), २४ कात्तिक । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई नयाँ राष्ट्रपतिमा अमेरिकी जनताले निर्वाचित गरेपछि प्रतिक्रिया दिँदै रसिया अमेरिकासँग सम्बन्ध स्थापना गर्न आफ्नो स्थानबाट काम गर्न तयार रहेको बताउनुभएको छ ।

बुधबार रिपब्लिकन नेता ट्रम्पले अमेरिकी निर्वाचनमा डेमोक्रेटिक नेता हिलारी क्लिन्टनलाई पराजित गरेपछि यस विषयमा पहिलो प्रतिक्रिया दिनुहुँदै पुटिनले रसिया–अमेरिकाबीचको सम्बन्ध सुधारका लागि काम गर्न कठिन भएपनि सम्वन्ध विस्तारका लागि तयार रहेको बताउनुभएको छ ।

पुटिनलृ भन्नुभयो, “हामीलाई यो कुरा थाहा छ कि मस्को र वासिङटनबीच सम्बन्ध सुधारका लागि काम गर्ने कुरा कठिन प्रयत्न हुनेछ । यद्यपि नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यस विषयमा इच्छा देखाएमा वर्तमान् समयमा देखिँदै आएको अपकर्षण तथा वक्रपथलाई सुधार गर्न रसिया तयार रहनेछ ।” रासस/एएफपी