
काठमाडौं, २४ कात्तिक । अमेरिककी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएपछि डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनको क्याम्पमा रुवाबासी मच्चिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हिलारी क्लिन्टनको हेडक्वार्टरमा बसेर चुनावी नतिजा कुरिरहेका समर्थकहरु ट्रम्पले अग्रता लिनथालेदेखि रुन थालेका थिए भने जितेपछि त उनीहरु डाको छाडेर रोएका छन् ।
ट्रम्पसँग हारेपछि हिलारीले आज कुनै प्रतिक्रिया नदिने भएकी छन् । उनका प्रवक्ता सबै समर्थकलाई घर फर्किन आग्रह गर्दै हिलारीले विहीबार भोलि सम्बोधन गर्ने बताएका छन् ।
यता राष्ट्रपति बनेसँगै ट्रम्पका हजारौं समर्थकले विजयी उत्सव मनाइरहेका छन् ।






















प्रतिक्रिया