सुन्दै अचम्म लाग्ने यो घटना हो, भारत उत्तर प्रदेश अलीगढको । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका एक व्यक्ति मृत घोषणा गरेको दुई दिनपछि एकाएक बोल्न थालेपछि सबैलाई आश्चर्यमा पारेको छ ।
घटना विवरण अनुसार, सवारी घटनामा घाइते भएका एक व्यक्तिलाई उपचारका लागि अस्पताल लगियो । उनी गम्भीर घाइते थिए । उपचार हुन नसकेपछि डाक्टरहरुले मरेको घोषणा गरे । मृत्युपछि आफन्तजन तत्काल लास लिन नआइपुगेपछि शव मुर्दाघरमा राखियो । दुई दिन मुर्दाघरमा राखेपछि प्रहरीले अनुसन्धान थालियो । लासको अनुसन्धान गर्न मुर्दाघरबाट झिकेपछि प्रहरी नै तर्सियो ।
दुई दिनअघि मृत्यु भएको घोषणा गरेका ति ब्यक्ति सास फेरिरहेका थिए । २९ अगस्टमा उनलाई अस्पतालका चिकित्सकहरुले मृत घोषणा गरेका थिए । मृत्यु भएको भनेर मुर्दाघरबाट ती व्यक्तिको शव ३१ तारिखमा मात्र निकालिएको थियो । मृत्युभएका व्यक्ति चामत्कारीक रुपमा बाँचेको नभइ अस्पतालले कर्मचारीका लापरवाहीका कारण यस्तो गम्भीर त्रुटि हुन पुगेको भन्दै घटनामा संलग्नहरुलाई कारवाही गर्ने प्रतिवद्धता जनाएको छ । एजेन्सी













प्रतिक्रिया