१९ कार्तिक २०८३, बिहिबार

न्यूरोडमा श्रीमान-श्रीमतीले मिलेर लुटे १० तोला सुन

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold

काठमाडौ, २४ कात्तिक । काठमाडौं महानगरपालिका–२५ न्यूरोड स्थित गोरखा ज्वेलर्सको कारखानामा गत कात्तिक ८ गते भएको १० तोला सुन र नगद ३० हजार रुपैयाँ चोरी घटनामा संलग्न ४ जनालाई ४ तोला सुनसहित चाबहिलबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेमा चोरी गर्ने मुख्य व्यक्ति काभ्रेका २० वर्षीय सुमन तामाङ्ग, उनको १८ वर्षीया श्रीमती आषिका तामाङ तथा उक्त सामान बेच्न सहयोग गर्ने सोही ठाउँका २१ वर्षीय श्रीकृष्ण कामी र उक्त सुन खरिद गर्ने चाबहिल भिंतुना ज्वेलर्सका संचालक ३८ वर्षीय राम शाक्य रहेको छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।