भनिन्छ, श्रीमान श्रीमतीको झगडा परालको आगो । तर, भारतको मुम्बईमा एउटा आश्चर्यजनक घटना भएको छ, जसका कारण श्रीमान श्रीमतीको सम्बन्ध बिच्छेद नै भएको छ । प्रसंग हो, यौन सम्बन्धको । श्रीमानका कारण श्रीमतीलाई यौन सम्बन्धमा दबाब दिइएका घटना त धेरै पढिएका र सुनिएका हुने । तर, श्रीमतीले बढी सेक्स गर्न खोजेका कारण श्रीमानले दुःख पाएका घटना भने विरलै सुनिन्छिन् । तर, भयो त्यस्तै ।
श्रीमतीले बढी सेक्स गर्न खोजेको आरोप लगाउँदै एक पुरुषले अदालतमा सम्बन्ध बिच्छेदका लागि निवेदन दिए । उनले आफ्नी श्रीमती कहिल्यै तृप्त गर्न नसक्ने यौन इच्छा देखाएकाले आफू समस्यामा परेको अदालत सामु बताएका छन् । उनले श्रीमतीलाई निकै मुढी र तानाशाह प्रकारको महिला भएको आरोपसमेत लगाएका छन् ।
मुम्बईस्थित एक पारिवारिक आदालतका मुख्य न्यायाधीश लक्ष्मी रावले श्रीमानको कुरा सुनेपछि भनिन्, आरोपित श्रीमतीले अदालतमा उपस्थिति भइनन् र निवेदनकर्ताको चुनौति पनि दिइनन् । त्यसैले अदालतसँग निवेदनकर्ताको कुरा सुन्नुको कुनै विकल्प छैन । त्यसैले निवेदक आफ्नो इच्छाअनुसार सम्बन्ध विच्छेदका लागि हकदार छन् ।
पतिले जनवरी २०१४ मा दायर गरेको रिटमा उनकी श्रीमती मुठी, जिद्दी र मनोमानी गर्ने महिला भएको आरोप लगाइएको थियो । निवेदकले यौन व्यवहारका लागि अत्याधिक र कहिल्यै तृप्त नहुने इच्छा राख्ने गरेको आरोप पनि थियो । अप्रिल २०१२ मा विवाह भएपछि आफू सधैं तनावमा रहनु परेको निवेदकको भनाइ छ । निवेदनमा श्रीमतीले आफूलाई औषधि र मदिरासेवनका लागि समेत बाध्य पारेको दावी गरिएको छ ।
न्यायाधीशले उनको निवेदन स्वीकार गर्दै उनलाई सम्बन्ध बिच्छेदका लागि अनुमति दिने फैसला गरेको छ। एजेन्सी














प्रतिक्रिया