१ कार्तिक २०८३, आइतबार

ट्रम्पले फेरि उछिने हिलारीलाई, नौ राज्यको परिणाम आउन बाँकी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

trump-vs-hillaryकाठमाडौं, २४ कात्तिक । अमेरिकन राष्ट्रपति निर्वाचनको पछिल्लो मतगणनामा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रप्ले फेरि अग्रता कायम गरेका छन् ।

पचास राज्यमध्ये ४१ राज्यमा घोषणा भएको नतिजा अनुसार ट्रम्पले २ सय ४४ इलेक्ट्रोल मतसहित अग्रता कायम गरेको बीबीसीले जनाएको छ ।
डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारीले २ सय ९ इलेक्ट्रोल मत पाएकी छिन् ।

अमेरिकी राष्ट्रपतिमा जित्नका लागि २ सय ७० इलेक्ट्रोल मत पाउनै पर्छ । अब दस राज्यको मत गणना हुन बाँकी छ ।