पाँचथर, २४ कात्तिक । पाँचथर जिल्लामा ८ स्थानीय तह निर्माण गर्न स्थानीय तह पुनर्संरचना आयोगमा पठाइएको प्रस्तावप्रति ५ गाविसका स्थानीयवासिन्दाले असन्तुष्टि जनाउँदै बिरोध प्रदर्शन गरेका छन् ।
इम्बुङ, पौवासारताप, चिलिङ्दिन, फाक्तेप र आङसराङका स्थानीयवासीले पुनर्संरचनाको खाको विरोध गर्दै बिरोध जनाएका हुन् । ती गाविसहरूलाई समेटेर यासोक केन्द्र रहनेगरी फाल्गुनन्द नगरपालिका निर्माणको प्रस्ताव गरिएकोप्रति उनीहरू असहमति छ ।
असहमति स्वरुप स्थानीयले मंगलबार फिदिममा विरोध प्रदर्शनका साथ स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिलाई ज्ञापनपत्र बुझाई फिदिमको गणतन्त्र चोकमा कोणसभा समेत गरिएको थियो ।
स्थानीयले आफूहरू नगरपालिकाको बोझ थाम्न नसक्ने, यासोक केन्द्र आफूहरूका लागि अपायक रहेको बताउँदै नवमीडाँडा, इम्बुङ, पौवासारताप, चिलिङ्दिन, फाक्तेप र आङसराङलाई मिलाई फाल्गुनन्द गाँउपालिका निर्माण गर्न माग गरेका छन् ।













प्रतिक्रिया