१ कार्तिक २०८३, आइतबार

भारत र पाकिस्तानबीच यसरी सुरु भयो कुटनीतिक युद्द, पाकिस्तानबाट तीन भारतीय निस्काशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan-india

इस्लामाबाद (पाकिस्तान), २३ कात्तिक । पाकिस्तानविरुद्ध जासुसी गरेको भनी आरोप लागेका आठ जना कूटनीतिज्ञमध्ये तीन जना मङ्गलबार स्वदेश फिर्ता भएका छन् ।

पाकिस्तानी सुरक्षा तथा सरकारी अधिकारीले जासुसी गरेको आरोप लागेका तीन जना जासुसी सञ्जालका सदस्य रहेको दावी गरेका छन् ।

तीन जना भारतीय कूटनीतिज्ञ स्वदेश फिर्ता भएका छन् भने बाँकी पाँच जना पनि छिट्टै इस्लामाबादबाट बाहिरिने दुई अधिकारीले आफू सूचना सार्वजनिक गर्ने अधिकारी नभएकाले आफ्नो नाम गोप्य राख्ने सर्तमा जानकारी गराएका हुन् ।

केही समय पहिले नयाँ दिल्लीस्थित छ जना पाकिस्तानी अधिकारीका नाम भारतविरुद्ध गतिविधि गरेको भनी भारतीय सञ्चारमाध्यममा आएपछि पाकिस्तानले उनीहरुलाई स्वदेश बोलाएको थियो ।

इस्लामाबादले पनि यस घटनाको लगत्तै आठ भारतीय कूटनीतिक अधिकारीले पाकिस्तानविरुद्ध जासुसी गरेको आरोप लगाएको थियो ।

पछिल्लो घटनासँगै यसपूर्व काश्मिर विवादका कारण चिसिएको दुई छिमेकीबीचको सम्बन्धमा थप समस्या देखिएको छ । रासस/एपी