१९ कार्तिक २०८३, बिहिबार

एमाले परासी क्षेत्र छुटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-logo

– मोहन पौडेल

परासी, २३ कात्तिक । नवलपरासीको दाउन्ने पश्चिम परासी क्षेत्र प्रदेश नम्बर ५ मा परेपछि नेकपा एमावले नवलपरासीले परासी क्षेत्रमा जिल्ला संगठन कमिटि गठन गरेको छ ।

एमाले प्रदेश नम्बर ५ को बुटवलमा भएको बैठकले एमाले जिल्ला कमिटि नवलपरासीको उपसचिव रहेका तुल्सी पासीलाई परासी क्षेत्रको संयोजक तोकेको छ ।

यसैगरि एमाले परासी क्षेत्रको सहसंयोजकमा जिल्ला संगठन विभाग प्रमुख एवँ क्षेत्रिय ईन्चार्च थानप्रसाद गैरेलाई तोकिएको एमाले केन्द्रीय सदस्य बैजनाथ चौधरीले बताउनुभयो ।

परासी क्षेत्रको संगठन कमिटिको सदस्यमा दाउन्ने पश्चिम क्षेत्रका जिल्ला सदस्यहरुलाई नै सदस्यमा राखिएको छ । अव जिल्ला सगठन कमिटिले आगामी ६ महिना भित्र अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नेछ । नवलपरासी अखण्ड रहने हल्ला चलिरहेका बेला एमालेले भने प्रदेश कार्यान्वयनमा लागेको जनाएको छ ।