रामेछाप, २३ कात्तिक । चोरीको आरोपमा कैद सजाय तोकीएपछि फरार रहेका रामेछाप गौश्वराका नन्दबहादुर मगर १५ बर्षपछि सदरमुकाम मन्थलीबाट सोमबार पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापले बिशेस सूचनाको आधारमा मन्थलीबाट आरोपित मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत ललितपुरले २०५८चैत्र २७ गते चोरी गरेको आरोपमा मगरलाइ ३ बर्ष ५ महिना २२ दिन कैद सजाय तोकेको थियो । सजाय तोकीएपछि आरोपित मगर अहिले सम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
पक्राउ परेका अरोपित मगरलाई कैद भुक्तान गर्न सोमबारै जिल्ला कारागार रामेछापमा पठाईएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोसीले जानकारी दिनुभयो ।













प्रतिक्रिया