१२ कार्तिक २०८३, बिहिबार

नेताहरुको भ्रष्टाचार फाइलबारे अख्तियारले मुख खोल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakthier

काठमाडौं, २३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक दलका कुनै पनि नेतामाथि भ्रष्टाचार अभियोगमा अनुसन्धान अघि नबढाइएको प्रस्ट पारेको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्कीले दलका शीर्ष नेताहरूमाथि समेत भ्रष्टाचार अभियोगमा अनुसन्धान थालेका कारण महाअभियोग लगाइएको प्रचार गराएप्छि आयोगले पहिलोपटक मुख खोल्दै नेतामाथि अनुसन्धान नै नभएको प्रस्ट पारेको हो ।

अख्तियारले लोकमान पक्षधरले लगाएको आरोप कपोल्कल्पित हल्ला मात्र भएको पनि बताएको छ । महाअभियोगको सामना गरिरहेका प्रमुख आयुक्त कार्की निकटस्थहरूले दलका नेतामाथि छानबिन थालेकै कारण उनीविरुद्ध महाअभियोग लगाइएको बताइरहेका बेला अख्तियार आफंैले यसलाई कपोल्कल्पित हल्ला भनेको हो ।

‘हामी लामो समयदेखि यही बसेर हेरिरहेका छौं, अहिलेसम्म भ्रष्टाचारको विषयमा कुनै पनि दलका नेतामाथि बोलाएर या सूक्ष्म रूपमा अनुसन्धान गरिएकै छैन,’ अख्तियारका एक आयुक्तले भने । ती आयुक्तका अनुसार भ्रष्टाचारजन्य कसुरमाथि छानबिन, अनुसन्धान तथा अभियोजन गर्ने संवैधानिक अंगकै बदनाम गर्ने गरी हचुवाको भरमा अनुसन्धानको हल्ला चलाइएपछि अख्तियारले सार्वजनिक रूपमै नेतामाथिको अनुसन्धान गरिएको हल्ला निराधार भएको सार्वजनिक गरिएको हो ।

अख्तियारले सोमबार विज्ञप्तिमार्फत सार्वजनिक पद धारण गरेका केही व्यक्तिहरूलाई लक्षित गरी अनुसन्धान भइरहेको भन्ने विषयमा सत्यता नभएको प्रस्टसमेत पारेको छ । ‘अख्तियार जस्तो संवैधानिक अंगले व्यक्तिको नाम किटेर लाञ्छाना लगाउने या होइन भन्ने कुरा हँुदैन, कुरो प्रस्ट बुझ्नुहोस्, दलका नेता त्यसमा पनि शीर्ष तहका नेतामाथि कुनै पनि खालको सोधखोजको प्रक्रियासमेत अख्तियारबाट भएको छैन, बाहिर गरिएको प्रचार ब्ल्याकमेलिङका लागि मात्रै हो,’ ती आयुक्तको भनाइ छ ।

उनका अनुसार महाअभियोगको विषयलाई अन्यत्र मोड्न र आफू जोगिन कार्कीले त्रास देखाउने योजनाका साथ दलका नेतामाथि अनुसन्धान थालिएको हल्ला चलाएका हुन् । ‘त्रास देखाएर ब्ल्याकमेलिङ गर्न खोजेका हो, यस्तो अथोरिटी कसैसँग छैन, त्यसैले, कार्कीको ब्ल्याकमेलिङ रोक्न आयोग नै बोल्नुपरेको हो,’ ती आयुक्तले भने ।

राजधानी दैनिकमा समाचार छ ।