१२ कार्तिक २०८३, बिहिबार

एमाले र माओवादीका नेताहरूलाई धम्काउन लोकमानले यस्तो रणनीति बनाएको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lokman-singh-karkiकाठमाडौं, २३ कात्तिक । एमाले र माओवादी केन्द्रका नेताहरुमाथि कारवाही प्रक्रिया थालेकाले आफूमाथि महाभियोग लगाएको भन्ने लोकमानसिंह कार्कीको भनाईको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक रुपमा खण्डन गरेको छ ।

आयोगले सोमबार एक विज्ञप्ति सार्वजनिक गरि कुनै नेताहरुमाथि छानविन नभएको र भएको भए पनि त्यसलाई अत्यन्त गोप्य राखिने जनाएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘आफूले केही दलका नेताहरुमाथि भ्रष्टाचारको मुद्दा अघि बढाउन थालेकाले महाभियोग लागेको भनेर लोकमानजीको टिमले प्रचारबाजी गर्न थालेको रहेछ’, अख्तियारका एक आयुक्तले भने, ‘तर आयोगमा त्यस्तो प्रकृतिको कुनै पनि फाइलको विस्तृत अनुसन्धान समेत नभएकाले झुटो प्रचारबाजीलाई चिर्नुपरेको हो ।’

निलम्बित अवस्थामा रहेका लोकमानले केही सञ्चारमाध्यममा आफूले कारवाही प्रक्रिया अघि बढाएको भन्दै माओवादी केन्द्र र एमाले नेताहरुको सूची समेत सार्वजनिक गरेका थिए ।

अख्तियारले सोमबार प्रकाशित गरेको विज्ञप्तिमा सामाजिक सञ्चाल र अन्य माध्यममा प्रकाशित सूची यथार्थपरक नभएको बताइएको छ ।

आयोगले सार्वजनिक पदमा रहेका जो कोहीमाथि छानविन गर्नसक्ने भए पनि प्रचार गरिएको विवरणमा भने सत्यता नभएको आयोगले स्पष्ट पारेको छ ।

अख्तियारका प्रवक्ता गणेशराज कार्कीले आयोगको हवाला दिएर विभिन्न दलका पूर्वमन्त्री तथा नेताहरुको सूची नै सार्वजनिक गरेर समाजमा गलत सन्देश प्रवाह गरिएको बताए ।

‘यी नेताहरुमाथि कारबाही हुँदै थियो, यसरी मुद्दा चल्दै थियो भनेर हल्ला र प्रचारबाजी गर्ने काम भयो, आयोगको बारेमा सही सूचना प्रवाह भएन’, कार्कीले भने, ‘ती सूची र विवरणमा कुनै सत्यता छैन भनेर स्पष्ट पार्नुपरेको हो ।’