– रबिन्द्र प्रताप गुप्ता
भैरहवा, २२ कात्तिक । हिन्दु स्वयंसेवक संघ नेपाल रुपन्देहीले भैरहवास्थित भीम अस्पतालमा २ थान व्हील चियर सहयोग गरेको छ ।
संघले एक कार्यक्रमका बीच नेपाल सरकारका स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितीमा उक्त व्हील चियर सहयोग गरेको हो ।
कट्टर गणतन्त्रवादी तथा धर्मनिरपेक्षता चाहने गगन थापा स्वास्थ्यमन्त्री भएपछि हिन्दूवादी संस्थाले आयोजना गरेको स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागी भएका हुन् ।

हिन्दु स्वयंसेवक संघ रुपन्देही क्षेत्र नं. ६ का संयोजक सुरज उपाध्यायको संयोजकत्वमा भएको उक्त कार्यक्रममा भीम अस्पताल विकास समितिका अध्यक्ष हितराज पन्थी, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट अनन्तराज शर्मा, नेपाली कांगे्रस रुपन्देहीका सभापति तथा रुपन्देही क्षेत्र नं. १ का सांसद अब्दुल रज्जाक, कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने, हिन्दु स्वयंसेवक संघ लुम्बिनी अञ्चल सचिव रविकान्त उपाध्याय, शशिकान्त उपाध्याय लगायतको सहभागिता रहेको थियो ।
आगामी दिनमा पनि अस्पतालमा सहयोग गर्ने कार्यलाई निरन्तरता दिंदै जाने कार्यक्रम संयोजक उपाध्यायले बताए ।













प्रतिक्रिया