१२ कार्तिक २०८३, बिहिबार

सुधार भएन भारतीय प्रहरीको व्यवहार, कोलकतामा नेपाली व्यापारीले पाए दुःख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kolkata-bandargahaकाठमाडौं, २२ कात्तिक । भारतको कोलकता बन्दरगाहमा नेपाली व्यवसायीका सयौं मालवाहक कन्टेनर रोकिएका छन् ।

जाम हुने समस्या देखाउँदै भारत कोलकताका प्रहरी कमिसनरले लोड भएका कन्टेनर बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म बजार क्षेत्र हुँदै निकाल्न नदिएपछि कन्टेनरहरु अलपत्र परेका हुन् । कारोबार दैनिकले समाचार छापेको छ ।

पटकपटकको अवरोधबाट ठूलो नोक्सानी बेहोरेका नेपाली आयातकर्तामार्फत अहिले फेरि मारमा परेका छन् ।

विभिन्न देशबाट आयात गरिएका बस्तुहरु कोलकतामै अलपत्र परेपछि व्यवसायीहरुले यस वर्ष ठूलो क्षति बेहोर्नेु पर्ने देखिएको छ । गत वर्ष भारतको नाकाबन्दीले पनि यस्तै समसया देखिएको थियो ।

वीरगञ्जको सुख्ख बन्दरगाहसम्म रेलमार्फत आउने मालवाहक कन्टेनर खाली गरेर समयमा पुर्‍याउन नसक्दा विलम्ब शूल्क तिर्न व्यवसायी बाध्य भएका छन् ।

नेपाली उद्योगी व्यवसायीले अहिले कोलकोत्ता बन्दरगाहासम्म पुर्‍याएका खाली कन्टेनरको पनि जरिवाना तिर्नुपरेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीय केडियाले बताए ।