१ कार्तिक २०८३, आइतबार

काश्मिरमा पाकिस्तानी सेनाको फायरिङ, दुई भारतीय सैनिक मारिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan-army

काठमाडौं, २१ कात्तिक । जम्मू–काश्मिरमा पुंछ र कृष्णा घाटी सेक्टरमा पाकिस्तानी सेनाको फायरिङमा आइतबार दुई भारतीय सैनिक मारिएका छन् ।

घटनापछि भारतले पाकिस्तानमाथि सिजफायर उल्लघन गरेको आरोप लगाएको छ । पाकिस्तानी सेनाको आक्रमणमा एक सर्वसाधारण गम्भीर घाइते छन् ।

पाकिस्तानी भुमिबाट आइतबार दिउँसो २ बजे फायरिंग भएको र दुई सैनिक गोली लागेर घटनास्थलमै मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुई हप्तापहिले पनि पाकिस्तानी फायरिंगबाट ९ भारतीय सैनिक मारिएका थिए ।