भैरहवा, २१ कात्तिक । आइतबारदेखि तराईमा छठको रौनकता शुरु भएको छ । पश्चिम तराईको जिल्ला रुपन्देही सदरमुकाम भैरहवामा पनि छठको विशेष पूजाआजा गर्ने गरिन्छ ।
अस्ताउँदो सूर्यलाई आज साँझ अर्घ दिएर रातभर पोखरीको छेउमा बसी पूजा आराधना गरी भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पूजा सम्पन्न गर्ने यो पर्वमा तराईबासी समुदायको अत्यधिक सक्रियता रहने गर्दछ ।
भैरहवामा गत साल सम्म सिनपा १२ स्थित सेवापथमा रहेको नेपाली सेनाको २ नम्बर ग्यारिजन गणभित्र रहेको छठ पोखरीमा वर्षौँदेखि पूजापाठ हुँदै आएकोमा यस वर्षदेखि सो पोखरीका अतिरिक्त गल्लामण्डी स्थित राम जानकी हनुमान मन्दिर स्थित नवनिर्मित पोखरीमा पूजापाठ हुन थालेको छ ।
सो पोखरीमा आयोजित छठ महोत्सवलाई आपूर्तिमन्त्री दिपक बोहोरा, सांसदहरु आदित्यनारायनराण कसौधन र इश्तियाक अहमद खान तथा विभिन्न संघसंस्था प्रमुखहरुले छठी माताको पूजा गरी समुद्घाटन गरेको पूजा व्यवस्थापन समितिका सल्लाहकार नरेन्द्र प्रसाद रौनियारले जानकारी गराएका छन् ।
भैरहवाको छठ नेपालकै प्रसिद्ध पूजपाठ अन्र्तगत पर्ने गर्दछ । हनुमान मन्दिर परिसरमा नवनिमिर्त छठ पोखरी निर्माणमा ४५ लाख रुपैयां लागत लागेको छ । उक्त रकम संसदीय विकास कोष क्षेत्र नम्बर २ रुपेन्देहीबाट लगाइएको हो ।













प्रतिक्रिया