३० आश्विन २०८३, शुक्रबार

छोरी जन्माएकोमा सासूले बुहारीलाई गिफ्टमा दिइन् होण्डा सिटी कार

12.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

car-gift-buhari

एजेन्सी । सभ्य भनेर चिनिले परिवारमा समेत छोरी जन्माउँदा त्यति सम्मान दिइँदैन जति छोरा जन्माउँदा आमाले सम्मान पाउँछिन् । तर, समाजमै त्यस्ता मान्छे पनि छन्, जसले छोरी जन्माएकोमा विशेष सम्मान दिन्छन् ।

भारतको उत्तर प्रदेशको हमिरपुरमा एक सासूले छोरी जन्माएकोमा आफ्नी बुहारीलाई गला जोडेर धन्यवाद मात्र दिइनन्, भोलिपल्ट उनलाई उपहारमा कार समेत किनेर दिइन् । प्रेमादेवी नामकी ती सासू भन्छिन्– ‘छोरी पुरुषको तुलनामा केही बढी असल हुन्छन् ।’

स्वास्थ्य विभागबाट रिटायर्ड भएपछि उनी छोरा र बुहारी खुश्बुसँगै हमिरपुरमा बस्दै आएकी छन् । उनका छोरा हमिरपुर जिल्ला मुख्यालयमा सरकारी सेवामा छन् भने बुहारी हाउस वाइफ हुन् । प्रेमदेवीले बुहारीले छोरीलाई जन्म दिएपछि खुसीयाली नै मनाएकी थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार बुहारीले छोरी जन्माएपछि प्रेमाले पार्टी गरेकी थिइन् र त्यही घोषणा गरेकी थिइन् कि– मेरी बुहारीलाई म दिवालीअघि नै कार गिफ्ट दिनेछु ।

उनले घोषणाअनुरुप नै होण्डा सिटीकार किनेर गिफ्ट दिइन् । सासूको अपार माया पाउँदा बुहारीले खुसीका आँसु नै बगाइन् ।

‘छोरीलाई गर्भमै मार्ने गलत अभ्यास तब रोकिन्छ जब बुहारीलाई छोरीसरह स्वीकार गरिन्छ । किनभने बुहारी पनि कसैकी छोरी हुन्छिन्, जब उनलाई ससुरालमा आमाको माया मिल्नेछ उनी खुसी हुनेछिन्,’ प्रेमाले भनिन् ।

उनले समाजमा बुहारीले सासूलाई आमा देख्ने र सासूले बुहारीलाई छोरी देख्न थाले महिलाका दिन फिर्ने उनले बताइन् । ‘त्यो भाग्यमानी व्यक्ति हो जसलाई सासूबाट पनि आमासरह मायाको नजर मिल्छ । त्यसपछि समाजमा यो समस्या पनि हट्छ र बुहारीले पनि सासूलाई आफ्नै आमासरह मान्दछन्,’ उनले भनिन्, ‘किनकि सासू पनि कसैका आमा नै हुन् ।’