१९ कार्तिक २०८३, बिहिबार

गेटामा सवारी दुर्घटना: कैलाली बहुमुखी क्याम्पसका कर्मचारी मल्लको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hem-mallaधनगढी, २१ कात्तिक । धनगढी–अत्तरिया सडकको गेटामा गए राति भएको दुर्घटनामा धनगढी उपमहानगरपालिकाका २८ वर्षीय हेमराज मल्लको मृत्यु भएको छ ।

से१२च १२२९ को जिप र से४प १५०१ को मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार मल्लको उपचारार्थ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मोटरसाइकलमा सवार धनगढीकै २८ वर्षीय तीर्थ रावल भने गम्भीर घाइते भएकाले उपचारका लागि भारतको हल्व्दानीस्थित अस्पतालमा भर्ना गरिएको छ । मल्ल र रावल कैलाली बहुमुखी क्याम्पसका कर्मचारी हुन् । रासस