काठमाडौँ, २० कात्तिक । मस्तिष्क स्नायुसम्बन्धी रोगबाट पीडित पत्रकार सञ्जय न्यौपानेको ४५ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ ।
ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा साँझ उहाँको निधन भएको हो ।
उहाँ नेपाल आर्थिक पत्रकार समाजमा पूर्वउपाध्यक्ष एवम् कारोबार राष्ट्रिय दैनिकका पूर्वसम्पादक हुनुहुन्थ्यो । त्यसअघि उहाँले कान्तिपुर दैनिकमा पनि सेवा गर्नुभएको थियो ।
न्यौपानेका श्रीमती एक छोरो एक छोरी हुनुहुन्छ ।
स्वर्गीय न्यौपानको आजै राति पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उहाँको पारिवारिक स्रोतले जनाएको छ ।













प्रतिक्रिया