नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतीय राष्ट्रपति प्रणब मुखजीको भ्रमणमा अनावश्यक चाकडी गरिएको भन्दै विरोध जनाएका छन् । सार्वजनिक बिदा दिएकोमा पनि खनालले असन्तुष्टि जनाए।
हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा पत्रकार नारायण पौडेलसँगको कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले यस्तो गल्ती दोहोराउन नहुने बताए । ‘म प्रधानमन्त्री भएँ भने यस्तो गल्ती रोक्छु । भारतले नेपालको राष्ट्रपति जाँदा बिदा दिन्छ र ? उसले नदिने भएपछि हामीले किन दिने ?’ खनालले प्रतिप्रश्न गर्दै भने, – ‘कोही देशका राष्ट्रपति आउँदा बिदा दिने, कसैलाई नदिने भन्नु गलत छ ।’
उनले बिदाको दोष प्रधानमन्त्री प्रचण्डले अर्काको टाउकोमा थुपार्न नमिल्ने बताए । राष्ट्रपतिको चाहनामा दिइएको बिदा भन्नु कार्यकारी प्रधानमन्त्रीका लागि उपयुक्त नहुने उनको भनाइ छ । ‘संविधानले अरुको चाहनालाई चिन्दैन । सरकारलाई चिन्छ । प्रधानमन्त्रीलाई चिन्छ । दोष प्रचण्डले लिनुपर्छ,’ उनले भने ।
हेर्नुस् भिडियोः













प्रतिक्रिया