१९ कार्तिक २०८३, बिहिबार

अरिङ्गालको टोकाइबाट एकै परिवारका दुईको मृत्यु

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aringal

बैतडी, २० कात्तिक । अरिङ्गालको टोकाइबाट थलाकाँडा गाविसमा आज एकै परिवारका दुईजनाको ज्यान गएको छ ।

अरिङ्गालले टोक्दा थलाकाँडा– ८ लेकमवस्तीका ४८ वर्षीया पम्पादेवी साउद र उहाँका १२ वर्षीय नाती दीपकको मृत्यु भएको स्थानीय बासिन्दा गहेन्द्र साउदले जानकारी दिनुभयो ।

माइतीघर थलाकाँडा– १ भागडाबाट घर फर्किदै गर्दा गोजी चिउरानीमा हजुरआमा र नातीलाई अरिङ्गालले टोकेको हो । घटनास्थल सदुमुकाम गोठलापानीबाट डेढ दिनको पैदल दुरीमा पर्दछ । रासस