१९ कार्तिक २०८३, बिहिबार

सुन्दरीजलका विद्यार्थीलाई हिउँदे कपडा वितरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

scout-dress

काठमाडौं, २० कात्तिक । राजधानीको उत्तरी भागमा पर्ने सुन्दरीजल, चिलाउनेस्थित श्री इश्वरी निमाविका करिब ३०० बिद्यार्थीलाई नेपाल स्काउट जिल्ला स्काउट कार्यालय काठमाडौंको मुख्य संयोजकत्वमा साइन्टोलोजी भोलुन्टर मिनिस्टर नेपाल, नोबेल एकेडेमी, इन्लिस्क्सेर एकेडेमी र जेविएर कलेज को संयुक्त सहयोगमा हिउदे कपडा वितरण तथा पानी ट्यांकी उद्घाटन कार्यक्रम सम्प्पन भयो ।

नेपाल स्काउटका प्रमुख आयुक्त रबिन दाहालको प्रमुख आतिथ्यमा संचालित सो कार्यक्रम मा काठमाडौँ निर्वाचन क्षेत्र न २ क सांसद रामेश्वर फुँयाल बिशेष अतिथि थिए । सो समारोहमा सहायक राष्ट्रिय प्रशिक्षक शिवराम अर्याल, विभिन्न ट्रूपका स्काउटर साथै रोभर रेन्जर गरि ६० जना स्वयंसेवकको उपस्थिति थियो।

सो कार्यक्रममा न्यानो कपडा बढ्नुको साथै पिउने पनि ट्यांकीको उद्घाटन गर्दै प्रमुख आयुक्त दाहालले नेपाल स्काउट सधै यस्ता समुदायको सहयोग गर्न तयार रहेको र त्यस्ता कार्यमा व्यक्ति समूह वा संघ संस्थासंग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

scout

कार्यक्रममा बोल्दै बिशेष अतिथि फुँयालले नेपाल स्काउटले भूकम्प अघि र भूकम्प पछि गर्दै आएको कार्यको प्रसंशा गर्नु भयो ।

विद्यालयका प्राचार्य मधु सिंखडा को सभापतित्वमा संचालन भएको सो हिउदे कपडा वितरण तथा पानी ट्यांकी उद्घाटन कार्यक्रमको संयोजकत्व नेपाल स्काउट जिल्ला स्काउट कार्यालयका संगठन आयुक्त रंजनलाल श्रेष्ठले गरेका थिए ।

साथै सो कार्यक्रमलाई सफल बनाउन स्कोउटर लिला श्रेष्ठ, रवि परियार, सचिन प्रजापति, सुजित श्रेष्ठ, बिकाश श्रेष्ठ, पुष्पराज सिम्खडा, समिर गुरुङ, ज्ञानु पुरी, अनिल घिमिरे, सन्ध्या ढुंगाना, निरन्जन सत्यालको सहभागिता थियो ।