काठमाडौं, २० कात्तिक । राष्ट्रिय सहकारी संघ नेपालका अध्यक्ष केशव बडाल अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रको सदस्यमा निर्वाचित हुनुभएको छ ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ विश्व सम्मेलनले घोषणा गर्नअगावै बडाल सर्वसम्म रुपमा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँलाईआगामी १७ नोभेम्बरमा हुन लागेको विश्व सम्मेलनले औपचारिक रुपमा सदस्यमा घोषित गर्नेछ ।
करिब २ सय प्रतिनिधिहरुको उपस्थितीमा हुन लागेको विश्व सम्मेलनमा नेपालबाट बडालले १५ सदस्यीय टोलीको नेतृत्व गर्नुभएको छ । २८ वटा देशहरुको सहभागिता रहेको महासंघको एसिया प्रशान्त क्षेत्रको एक देशबाट एक जना मात्रै उम्मेदवार हुन पाउने व्यवस्था छ ।












प्रतिक्रिया