भोजपुर, २० कात्तिक । तत्कालिन संविधान सभाको निर्वाचनका बेला जनतामाझ सेवा सुविधा उपलब्ध गराउने घोषणा गर्दै हिडेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की त्यसलाई पुरा गर्ने अभियानमा लागेका छन् ।
संविधान सभाको तत्कालीन निर्वाचनका बेला भोजपुर क्षेत्र नम्बर १ बाट उठेका कार्कीले सो समयमा जनताको समस्या र आवशयकतालाई मध्यनजर गर्दै दुई विद्यालय र एक सुविधासम्पन्न अस्पताल निमार्ण गर्ने घोषणा गरेका थिए । उनले घोषणा गरेका दुई विद्यालय निमार्ण कार्य सम्पन्न भै कार्यन्वयनको चरणमा आईसकेको छ भने एक अस्पताल निमार्णको अन्तिम चरणमा पुगेको छ ।
भोजपुरको उत्तरी दिङ्ला मा निमार्ण भएको १५ सैयाको अस्पताल अन्तिम चरणमा पुगेको छ । जिल्लाको उत्तरी क्षेत्रमा स्वास्थ्य सेवाको अभावका कारण धेरै बालबालीका र गर्भवति महिलाहरुले अनाहकमै ज्यान गुमाउनु परेको छ । नेपालका लागी तत्कालीन भारतीय राजदूत राकेश सुद र ज्ञानेन्द्र बहादुर कार्कीले संयुक्त रुपमा ५ बर्ष अगाडि दिङ्ला (हालको षडानन्द नगरपालीका) मा ३ करोड लागतमा निमार्ण सम्पन्न हुने गरी सुविधा सम्पन्न अस्पतालको सिलन्यास गरेका थिए ।
संझौता अनुसार अस्पताल निर्माण दुई बर्ष अगाडिनै सम्पन्न भैसक्नु पर्ने थियो तर ठेकेदार देवि कार्कीकाको केहि लापरबाहिले गर्दा समयमा निमार्ण हुन नसकेको स्थानीयले आरोप लगाएका छन् । सुरुमा जनताले नेताको बोलीमात्रै होला भन्ने गरेका थिए उत्तरी दिङ्लाका समाज सेवि शम्भु अधिकारीले भने‘आज उहाँले घोषणा गरे अनुसार सुविधासम्पन्न दुई विद्यालय र एक अस्पतालको निर्माणले वास्तममै जनतामाझ खुसि छाएको छ ।’ अधिकारीले थपे नेता कार्की जिल्लाको मात्रै नभई समग्र पुर्वी क्षेत्रको एक ईमान्दार सक्षम र विकास प्रेमि नेता हो । त्यसैले जिल्ला र समग्र पुर्वको विकासका लागी उहाँको भुमिका अनिर्वाय छ ।
नेता कार्कीले अस्पताल निर्माण संगै भोजपुरका १४ गाविसका नागरीकले प्रत्यक्ष सेवा पाउने छन भने बाँकि क्षेत्रका नागरीकका लागी पनि सेवाको सहज पहँच बन्ने उल्लेख गरे । यस्तै कार्कीले चुनाबि घोषणा पत्रमा राखेको झ्याउपोखरीको सारदा उच्च मावि र भोजपुरको विद्योदय उच्चमावीको निर्माणकार्य सम्पन्न भै संचालनमा समेत आईसकेका छन् । सारदा उच्च मावि तीन करोड र विद्योदय उच्चमावि एक करोडको लागतमा निर्माण भएको हो ।














प्रतिक्रिया