यूएइ । नेकपा एमाले निकट प्रवाशी नेपाली मञ्च युएइको क्षेत्रीय कमिटी अजमानमा गठन भएको छ ।
अजमानमा रहेका नेकपा एमालेका समर्थक कार्यकर्ताहरूको उपस्तिथिमा क्षेत्रीय कमिटी गठन भएको हो ।
कमिटीमा अध्यक्षमा कमल पाठक, उपाध्यक्षमा हरिशचन्द्र बज्राचार्य, सचिबमा गणेश जोशी र कोषाध्यक्षमा सरस्वती पौडेल चयन भएका छन् ।
सदस्यहरूमा प्रकाश नेपाली, टीकाराम भण्डारी, होमलाल बेलबासे, मीन सुबेदी, लक्ष्मी भटराइ र केशब प्रसाद डूम्रे रहेका छन् ।
प्रवासी नेपाली मञ्च यूएइका निबर्तमान अध्यक्ष प्रकाश कोइरालाको प्रमुख आतिथ्यमा अजमानमा रहेको नेपाली होटेल काठमाडौं दरबार रेष्टूरेन्टमा कार्यक्रम सम्पन्न भयको थियो ।
कमिटीले धरहरा निर्माणका लागि दुई लाख रुपियाँ नेपाल पठाउने निर्णय पनि गरेको छ ।















प्रतिक्रिया