२८ आश्विन २०८३, बुधबार

नेपालका सरकारी संचारगृह राजनीतिक भर्तीकेन्द्रः नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal

त्रिलोचन कोइराला
युएई, १८ भदौ । वरिष्ठ पत्रकार किशोर नेपालले नेपालको सरकारी संचारगृह राजनीतिक भर्तीकेन्द्र बन्दै गएको आरोप लगाउनु भएको छ ।

नेपाल पत्रकार महासंघ यूएई शाखाको आयोजनामा दुबईको धोव प्यालेसमा आयोजित ‘वरिष्ठ पत्रकार किशोर नेपालसंगको अन्तरसम्बाद’ कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनु भएको हो ।

पत्रकारितामा पछिल्लो समय राजनीतिकको प्रत्यक्ष प्रभाव परेकाले यस्तो भएको उहाँको आरोप थियो ।

पत्रकार नेपालले नेपालको पत्रकारिता राजनीतिक ठुल्दाइको आर्शिवादले चाप्लुसी पत्रकारिता हावी भएको पनि आरोप लगाउनु भयो । त्यस्तो प्रवृत्तिलाई नरोक्ने हो भने नेपाली पत्रकारिता समाप्त हुने उहाँले दाबी गर्नुभयो ।

पत्रकारलाई राज्यको चौथो अंग भनिए पनि राज्यले त्यस अनुसारको व्यवहार नगरेको उहाँले आरोप लगाउनु भयो ।

यूएईमा कार्यरत एक दर्जन संचारकर्मीको उपस्थिति रहेको उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

अमेरिकाको तीन साता लामो बसाइ सकेर नेपाल फर्किने क्रममा किशोर दुइ दिनका लागि युएइमा रहनु भएको थियो ।

कार्यक्रममा यूएईका पत्रकारले नेपाली पत्रकारिताको वर्तमान अवस्थाको बारेमा विशेष चासो राखेका थिए ।