काठमाडौं, २० कात्तिक । सर्वोच्च अदालतमा परेको योग्यतासम्बन्धी मुद्दामा म्याद तामेलीमै अवरोध पुर्याएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले तारेख बुझ्न पनि अटेर गरेका छन् ।
सर्वोच्च र कार्कीको निवास आधाघन्टाको दुरीमा छ तर कार्की तरेख बुझ्न अदालतमा हाजिर हुनुपर्ने अवधिभित्र गएनन् । नागरिक दैनिकले समाचार छापेको छ ।
कार्कीको मुद्दामा कात्तिक १ गते म्याद तामेल भएको थियो । त्यसको १५ दिनभित्र उनी वा उनको वारेस अदालतमा हाजिर हुनुपर्थ्यो ।
त्यसअनुसार कात्तिक १६ गतेसम्म कार्कीका तर्फबाट अदालतमा उपस्थित हुनुपर्थ्यो । उक्त मितिमा सार्वजनिक विदा भएकाले कार्यालय खुलेको दिन अर्थात कात्तिक १७ गते उनी वा उनको वारेस अदालत आउनुपर्थ्यो ।
तर कार्की त्यसको वेवास्ता गर्दै अख्तियारको सरकारी निवासमा बस्दै आएका छन् ।















प्रतिक्रिया