१ कार्तिक २०८३, शनिबार

प्रवलले मिसेल ओबामालाई भेटेपछि यसरी खुसी व्यक्त गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

praval-gurung-michelle-obamaकाठमाडौं, १९ कात्तिक । अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएका फेसन डिजाइनर नेपाली मूलका अमेरिकन नागरिक प्रवल गुरुङले मिसेल ओबामासँग भेट गरेका छन् ।

आफ्नी आमा र बहिनीका साथ ह्वाइट हाउस पुगेका प्रवेलले मिसेल ओबामालाई भेट गरेको जनाइएको छ । यो भेटबाट प्रवलले अत्यन्तै खुसी व्यक्त गरेका छन् ।

राष्ट्रपति भवनमा हालै भएको यो भेटलाई प्रवलले खुसीका साथ बयान गरेका छन् । नेपालका लागि अमेरिकन एम्बेसी काठमाडौंले आफ्नो फेसबुक पेजमा राखेको तस्बिर र प्रवलको भनाइबाट पनि भेटघाट अत्यन्तै सुखद् रहेको उल्लेख छ ।

मिसेलसँग भेट गर्न प्रवलले आफ्नी आमा दुर्गा राना र बहिनी कुमुदिनी श्रेष्ठलाई साथमा लिएर ह्वाइट हाउस गएका थिए ।

अमेरिकामा फेसन डिजाइनरको काम गर्दै आएका प्रवलले डिजाइन गरेका कपडा मिसेलले पनि लगाउने गर्छिन् । प्रवलका डिजाइनलाई विश्व प्रसिद्ध सेलिब्रेटीहरूले पनि लगाउने गर्छन् ।