१२ कार्तिक २०८३, बिहिबार

पूर्वाञ्चलमा यसरी हुन थाल्यो अपराध, प्रहरी हैरान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestolविराटनगर, १९ कात्तिक । पूर्वाञ्चलमा व्यक्ति हत्या गर्ने हतियारधारी समूह परिचालन गर्ने गरेको पाइएको छ ।

सुरुमा सगोलमा व्यपार व्यवसाय सञ्चालन गर्ने र आर्थिक लेनदेनमा मनमुटाव भएपछि हतियारधारी समूहलाई सूपारी दिएर साथीको हत्नया गर्न लगाउने गरेको पाइएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

सुनसरीको तरहरास्थित भोजपुरे लजमा मंगलबार धनकुटाका तोरणबहादुर पौडेल र लजका सञ्चालक जंग राई तथा असोजमा भोजपुरका प्रकाश खत्रीमाथि प्रहार भएको गोली काण्डको घटनामा हतियारधारी समूहले सुपारी लिएर ज्यान मार्ने उद्देश्यका साथ गोली प्रहार गरेको खुलासा भएको हो ।

भोजपुरे लजमा तीन महिनादेखि बस्दै आएका धनकुटाको चानुवा गाविसका पौडेल र लज सञ्चालक राईमाथि हतियारधारी समूहले ज्यान मार्ने उदेश्यका साथ गोली प्रहार गरी गम्भीर घाइते बनाएको थियो ।