१२ कार्तिक २०८३, बिहिबार

एमालेले थाल्यो तराई–मधेस जागरण अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-janakpur-2काठमाडौं, १९ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमाललेले तराई–मधेसमा आफूविरुद्ध लगाइएको आरोपको प्रतिवाद गर्दै संविधान बुझाउँदै जनतामा जने अभियान सुरु गरेको छ ।

तराई मधेसमा विशेष पर्वको रुपमा मनाइने छठको अवसर पारी एमालेका आधा दर्जन पदाधिकारी जनकपुर पुगेर तराई मधेसमा जनता जगाउने अभियान अघि बढाएका हो । राजधानी दैनिकले समाचार छापेको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध तराई मधेस केन्द्रित दल र सत्तारुढ कांग्रैस माओवादी समते एमालेलाई तराई मधेसविरोधी आरोप लगाउँदै आएपछि जनताकै बीचमा पुगेर संविधानले तराई मधेसका जनतालाई दिएको अधिकार र आफ्नो नेतृत्वको सरकारले तराई र मधेसमा अघि बढाएका विकास निर्माणको कामबारे पूट पार्न एमालेका आधा दर्जन पदाधिकारी जनकपुर पुगेका हुन् ।

छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई निकै महत्व दिएर एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, इश्वर पोखरेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट लगायत एक दर्जन नेता तयाई गएका हुन् ।