भारतीय राष्ट्रपतिलाई स्वागत गर्ने नाउँमा अहिलेका गणतन्त्रवादीहरुले जुन भक्तिवाद र लम्पसारवादको चरम रुप देखाएका छन् । यसले भारतमा १२ बुँदे सहमति र राजतन्त्रलाई किन कमजोर बनाएर गणतन्त्रको घोषणा गरेको हो भनेर भारतीय राष्ट्रपतिलाई देखाएको परमभक्ति र लम्पसारवादको नमूना हो ।
त्यसैले त राज ज्ञानेन्द्रले वनकालीमा भनेको कुरा अहिले अत्यन्त सत्य साबित भएको छ । ‘कहिल्यै पराजित नभएको नेपाल, कुनै बेला विश्व शान्ति, आध्यात्म संचेतना र सहिष्णुताको उपमा थियो भने, आज हामी कुन अवस्थामा छौँ भनेर सोच्नैपर्ने बेला आएको छ’, पूर्व राजाले भनेका थिए ।
अवश्य पनि कहिल्यै पराजित नभएको, शान्त सुन्दर देशलाई सत्ता र भत्ताको लागि कहिले भारत र त कहिले चीनको दास बन्ने कार्यमा वर्तमान गणतन्त्रका हिमायती नेताहरु लागेका छन् । जसले गर्दा आज मुलुक नाम मात्रको स्वतन्त्र रहेको छ । भित्रीरुपमा पूर्ण रुपले पराधीन भइसकेको अवस्था छ । जसको उदाहरण प्रत्यक्ष रुपमा भारतीय राष्ट्रपतिको आगमनमा देशमा सार्वजनिक बिदा दिएर पुष्टि गरिएको छ ।
पहिला राजाको विदेश भ्रमण र विदेशबाट स्वदेशमा फिर्ती सवारी हुँदा मात्र दिने विदा आज भारतीय राष्ट्रपतिको आगमनमा दिनु भनेको भारतीय राष्ट्रपतिलाई नेपालको राजा बनाएको स्पष्ट छ । नेपाली जनताले विदाको तिब्र विरोध गर्दागर्दै पनि यसलाई वेवास्ता गरियो । नयाँ नेपाल र नेपाली जनताको लागि भनेर गणतन्त्र स्थापना गरेका दलहरुले जनआवाजलाई लात हान्दै सार्वजनिक बिदा दिनुले यी गणतन्त्रका हिमायती नेताहरु विदेशी दलाल हुन् । सत्ताका नेतृत्वकर्ता नेताहरु नेपाली जनताको होइन, विदेशीहरुको पाल्तु कुकुर झैं देखिएका छन् ।
पूर्व राजाले जनतालाई सचेत र सजग गराउँदै आएका छन् । आज हामी कुन अवस्था छौँ भनेर सोच्ने बेला आएको छ । अहिले पनि नसोचे भोलि यो देश नरहने अवस्थामा पुग्नेछ । त्यसैले अब त जाग र आवाज देउ यी दलाल नेताहरुको विरुद्धमा ।
आज राजतन्त्रको कमजोरी गणतन्त्रको उदयसंगै नेताहरुको गन्तब्यहीन यात्रा र सत्तामोह र विदेशी दलाली र भक्तिले गर्दा जनता रोग, शोक, भोकमा बाँच्न बाध्य भएका छन् ।
भारतमा गएर १२ बुँदे सहमति गरी नेपालाई परतन्त्र बनाउने र सत्ता र भत्ता आफूलाई लिप्त बनाएका छन् । नयाँ नेपाल, संघीयता र धर्मनिरपेक्षता एवं लोकतन्त्रको नारा दिएर जनतालाई झुठो सपना र खोक्रो आश्वासन दिइएको छ ।
हुनत अहिले भारतका राष्ट्रपति नेपाल भ्रमणमा छन् । उनको विरोध गर्नुको कुनै अर्थ छैन । किनकी उनी त अहिले हाम्रो अतिथि हो । त्यसैले उनको सम्मान गर्नु हाम्रो कर्तब्य हो । घरमा आएको पाहुना हुन ।
आज भारतको राष्ट्रपति आउँदा यति बिध्न विरोध गर्नेहरुले राष्ट्रवादको कुरा गर्नेहरुले हिजो १२ बुँदे सहमति भारतमा गरेर आउँदा र त्यसैको बल आन्दोलन गर्दा चाहिं किन विरोध गरिएन ? हिजो भारत कै आशीर्वादमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गर्दा भारत राष्ट्रवाद र नेपालको मित्र कसरी भए ?
पूर्व राजाले भने झैं सत्य र सत्य नै हुन्छ असत्य नै हुन्छ । अर्थात हिजो सत्ताको लागि भारतीयसंग गलत सहमति र सम्झौता गरिएको थियो । जसको परिणाम आज नेपाली जनताले भोग्नु परेको छ । त्यसैले अहिले नेपालको पाहुना भएर आएका भारतीय राष्ट्रपतिको विरोध गर्नुभन्दा १२ बुँदे सहमतिको विरोध गर्नु पर्दछ । किनकी त्यही १२ बुँदे सहमति नै नेपाललाई दास बनाउने सुत्रधार थियो । आज बिदा र अधोषित कफ्र्यु समेत गर्नु भनेको यी सीमित नेताहरुले दासत्व स्वीकार गरेको प्रमाण हो ।
राजतन्त्रलाई कमजोर गरेर गणतन्त्र घोषणा गर्दा दिपावली मनाउने नेपाली जनता नै हो । गलत व्यक्ति र नेतृत्व अर्थात दलहरुलाई साथ दिनु र सहि र सच्चा ब्यक्ति र संस्था अर्थात राजा र राजसंस्थालाई अपमान गरेको परिणाम भोग्दै छन् । विरोध भारतीय राष्ट«पतिको होइन विरोध यी दलाल नेताहरु गर्नु पर्दछ ।
जबसम्म सीमित दलाल नेताहरु रहन्छन तबसम्म हामीले हाम्रो अस्तित्व, र स्वाभिमान यसरी नै गुमाइरहनु पर्नेछ । किन की अहिले सत्ता र शक्ति उनै दलाल नेताहरुको हातमा छ ।
जे होस हुने भईसकेको छ । देशमा राजतन्त्र कमजोर छ गणतन्त्र बलियो छ । त्यसैले अब विगतमा नेपाली जनताबाट भएका गल्तीलाई सुधार्ने समय आएको छ । अब नेपाली जनताले आफ्नो गल्तीलाई सुधार्दै राजतन्त्रको पुनःस्थापना गर्ने समय आएको छ ।
– ललितपुर, नेपाल















प्रतिक्रिया